काठमाडौंको भोटेवहालमा इनारमा डुबेर दुई जनाको मृत्यु

काठमाडौंको भोटेवहालमा इनारमा डुबेर दुई जनाको मृत्यु

काठमाडौं : काठमाडौं महानगरपालिका–११ भोटेवहाल अरनिको गल्ली बस्ने दिपेश श्रेष्ठको इनारमा डुबेर २ जनाको सोमबार बिहान मृत्यु भएको छ।

मृत्यु हुनेहरूमा सिन्धुली मजुवा घर भई हाल काठमाडौं बसन्तपुर डेरा गरी बस्ने २२ वर्षीय दिपेश गुरुङ र झापा घर भई हाल काठमाडौं बसन्तपुर बस्ने ३८ वर्षीय दिपेन लिम्बु रहेका छन्।

ईनारमा रहेको पानी तान्ने मेसिन बनाउनका लागि मेसिन झिक्न इनारभित्र पस्दा उनीहरुको डुबेर मृत्यु भएको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

असार ११, २०८० सोमबार १७:४५:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।