क्यानडामा मेयरको चुनाव लड्दै कुकुर, नारा- ‘नुनको आक्रमण बन्द गर’

क्यानडामा मेयरको चुनाव लड्दै कुकुर, नारा- ‘नुनको आक्रमण बन्द गर’

एजेन्सी : क्यानडाको टोरन्टोमा कुकुर पनि मेयरको निर्वाचनमा उम्मेदवार बनेको छ।

१०२ उम्मेदवारको नाममा कुकुरको नाम पनि समावेश गरिएको हो। सात वर्षको मोली र उनको मालिक टप्सी हिप्स ‘नुनको आक्रमण रोक’ भन्ने नाराका साथ चुनावी मैदानमा उत्रिएका छन्।

जाडोमा सडकको हिउँ पगाल्न ठूलो मात्रामा नुनको प्रयोग गर्नाले कुकुर लगायत अन्य जनावरहरूको खुट्टामा क्षति पुर्याउनेप्रति सचेत हुनसमेत हिप्सले सचेत गराएका छन्।

उनको अभियानमा सस्तो मूल्यमा घर उपलब्ध गराउने, ठूला व्यवसायहरूमा कर वृढाउने तथा घर र कार्यालयहरूको लागि जीवाश्म ईन्धन तताउने प्रणालीमा प्रतिबन्ध लगाउनो विषयहरू पनि समावेश छन्।

यदि मोलीले जितेको अण्डमा उ टोरन्टोको पहिलो ‘माननीय कुकुर’ हुने उनको मालिक हिप्सले बताए।

असार ११, २०८० सोमबार १७:१९:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।