आरजु र सिटौलालाई पक्रन निर्देशन दिएको छैन : गृह मन्त्रालय

आरजु र सिटौलालाई पक्रन निर्देशन दिएको छैन : गृह मन्त्रालय

काठमाडौं : गृह मन्त्रालयले नेपाली कांग्रेसका नेताद्वय डा. आरजु राणा देउवा र कृष्णप्रसाद सिटौलालाई पक्राउ गर्न निर्देशन नदिएको प्रष्टीकरण दिएको छ।

सोमबार एक विज्ञप्ति जारी गर्दै गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले नक्कली भुटानी शरणार्थी प्रकरणमा डा. देउवा र सिटौलालाई पक्राउ गर्न निर्देशन नदिएको बताएका हुन्।

नक्कली भुटानी शरणार्थी प्रकरणमा ​देउवा र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठले निर्देशन दिएको विषयमा सार्वजनिक संचारमाध्यममा समाचार आएपछि गृहले त्यसको खण्डन गरेको हो।

मन्त्रालयले भ्रष्टाचार र अपराध नियन्त्रणलगायतका अनुसन्धान प्रक्रियालाई दबाबरहित बनाई प्रहरी निकायलाई स्वतन्त्रतापूर्वक अनुसन्धान गर्न मन्त्रालयको नेतृत्व तहबाट निरन्तर सहजीकरण र निर्देशन हुने गरेको जनाएको छ।
विज्ञप्ति:-

असार ११, २०८० सोमबार १७:००:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।