जिम्बावेले बनायो कीर्तिमानी रन, अमेरिकालाई विशाल लक्ष्य

जिम्बावेले बनायो कीर्तिमानी रन, अमेरिकालाई विशाल लक्ष्य

काठमाडौं : आईसीसी विश्वकप क्रिकेट छनोट अन्तर्गत समूह ‘ए’को सोमबारको खेलमा जिम्बावेले कीर्तिमान कायम गर्दै अहिलेसम्मकै उच्च लक्ष्य दिएको छ।

हरारे स्पोर्ट्स क्लबमा टस हारेर पहिला ब्याटिङमा तानिएको जिम्बावेले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ४०८ रन बनाउँदै कीर्तिमान बनाएको हो। यो जिम्बावेले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको अहिलेसम्मको उच्च रन हो।

योसँगै अमेरिकाले ४०९ रनको लक्ष्य पाएको छ।

उसका लागि कप्तान सीन विलियम्सले १७४ रनको शतकीय पारी खेल्दा जोयलर्ड गुम्बीले ७८ रनको अर्धशतकीय इनिङ्स खेले। यस्तै र्यान ब्रुलले ४७, सिकन्दर राजाले ४८, इन्नोसेन्ट कायाले ३२ रन जोडे।

अमेरिकाका अभिषेक परादकरले तीन, जेस्सी सिंहले दुई तथा नोसथुस केन्जिगेले एक विकेट लिए।
अमेरिकाले केहीबेरमा जवाफी ब्याटिङ गर्दैछ।

तीन खेलमा पराजित अमेरिका प्रतियोगिताबाट बाहिरिसकेको छ। अमेरिका भने यसअघिका तीनै खेलमा विजयी भएर सुपर सिक्समा प्रवेश गरिसकेको छ।

असार ११, २०८० सोमबार १६:३९:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।