पाकिस्तानदेखि साउदी अरबसम्म ४ हजार किलोमिटर पैदल हिँडेका अशरद

पाकिस्तानदेखि साउदी अरबसम्म ४ हजार किलोमिटर पैदल हिँडेका अशरद

एजेन्सी : पाकिस्तानका युवा उस्मान अरशदले हज गर्नका लागि ४ हजार किलोमिटर पैदल यात्रा गरेका छन्।

हजका लागि पाकिस्तानबाट यात्रा सुरु गरेका उनले इरान, संयुक्त अरब इमिरेट्स हुँदै साउदी अरबको मक्कामा पुगेर टुंग्याएका हुन्।

अरशदका लागि यो यात्रा सहज थिएन। उनले धेरै कठिनाइको सामना गर्नु परेको थियो।

बीबीसीसँगको कुराकानीमा उनले भने, ‘हरेक इस्लाम आफ्नो जीवनमा एकपटक मक्का जान चाहन्छ। अल्लाहको घर हेर्नको लागि। मेरो एउटै इच्छा थियो– हिँडेर अल्लाहको घर हेर्नु।’

अरशदले अगाडि थपे, ‘मौसमका कारण बाटोमा अप्ठ्यारो आयो, खुट्टामा फोकाहरू परेको थियो, धेरै किलोमिटरसम्म कुनै बस्ती देखिएन, बाटोमा भेटेका मानिसहरूले मलाई हौसला दिए, जसका कारण यात्रा नहोला भन्ने लाग्यो।’

उनी भन्छन्, ‘मलाई बाटोमा मस्जिद, होटेल वा साथीभाइले बस्न दिने जुनसुकै ठाउँमा रोकिन्थेँ, धेरै पटक केही नहुँदा टेन्टमै रात बिताउँथे।’

असार ११, २०८० सोमबार १४:५३:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।