३० वर्षीया महिला बलात्कारको अभियोगमा १७ वर्षीय किशोर पक्राउ

३० वर्षीया महिला बलात्कारको अभियोगमा १७ वर्षीय किशोर पक्राउ

मोरङ : ३० वर्षीया महिलालाई बलात्कार गरेको अभियोगमा प्रहरीले एक किशोरलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बेलबारी नगरपालिका–१ डेरा गरी बस्ने सुनसरी घर भएका १७ वर्षीय किशोर रहेका छन्। उनलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

बेलबारी नगरपालिका–१ लोहन्द्र खोलाको बगरको खोल्सीमा ती महिलालाई बलात्कार गरेको उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

असार ११, २०८० सोमबार १४:३९:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।