एटीएम तोडफोडमा संलग्न भएको आरोपमा दुई जना पक्राउ

एटीएम तोडफोडमा संलग्न भएको आरोपमा दुई जना पक्राउ

काठमाडौं : माछापुच्छ्रे बैंकको एटीएम तोडफोडमा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा दैलेख घर भएका २३ वर्षीय पारस ठकुरी र दोलखा मेलुङ गाउँपालिका–५ घर भएका १९ वर्षीय चन्द्र तामाङ रहेका छन्।

उनीहरूले काठमाडौं महानगरपालिका–१५ डल्लु सिद्धार्थ चोक नजिकै रहेको एटीएम गएराति तोडफोड गरेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार स्वयम्भूबाट खटिएको प्रहरीले तोडफोडमा संलग्न उनीहरूलाई नियन्त्रणमा लिएर यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ।

असार ११, २०८० सोमबार १४:३६:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।