पशुपतिनाथमा जलहरी विवादः अख्तियारको प्रारम्भिक अनुसन्धानले अनियमितता भेटेन

पशुपतिनाथमा जलहरी विवादः अख्तियारको प्रारम्भिक अनुसन्धानले अनियमितता भेटेन

काठमाडौँः पशुपतिनाथ मन्दिरमा राखिएको सुनको जलहरी खरिद तथा प्रतिस्थापनमा अनियमितता नदेखिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रारम्भिक निष्कर्ष निकालेको छ। 

जलहरीमा १०६ दशमलव ४३२५ किलो ग्राम सुन मापन भएको छ भने जलहरी कस्न बनाइएका काँटीको मापन साढे एक किलोग्राम भएको अख्तियारले जनाएको छ। 

तर महालेखा परीक्षकको ५९औं प्रतिवेदनले जलहरी निर्माणको हिसाब स्पष्ट नभएको भन्दै प्रश्न उठाएको थियो। 

महालेखाको प्रतिवेदनमा भनिएको थियो, 'निर्मित जलहरी, जलधारा, नाग, नागमूर्ति सुनको किलालगायतमा प्रयोग भएको सुनको तौल ९६ किलो ८२२ ग्राम रहेको र बाँकी रहेको सुन १० किलो ९७६ ग्रामको रिङ बनाई जलहरीमा लगाएको उल्लेख छ । रिङ बनाउन प्रयोग भएको सुनको मूल्य ७ करोड ८६ लाख ४६ हजार रुपैयाँ रहेको छ, जलहरी बनाएर बाँकी रहेको सो सुनको सम्पूर्ण परिमाण रिङ बनाउने कार्यमा प्रयोग भएको पुष्टि हुने विवरण पेस गरेको छैन।' 

पशुपति क्षेत्र विकास कोष, अख्तियार, नेपाली सेना, सुन चादी व्यवसायी महासंघ, नेपाल प्रहरी, पशुपतिनाथका पुजारीलगायतको रोहवरमा सोमबार बिहान २ बजे नापतौल गरिएको थियो।

यसअघि कोषका सदस्य सचिव मिलन थापाले संसदीय समितिमा जलहरीको तौल मापन गर्न आग्रह गरेका थिए। पशुपतिमा सुनको जलहरीको विषय करिब दुई वर्षसम्म विवादित बनेको थियो।

जलहरीमा राखिएका धातुहरूको तौल निकाल्न भने अझै केही दिन लाग्न सक्ने पनि अख्तियारले जनाएको छ। 

महालेखा परीक्षकको प्रतिवेदनमा जलहरीमा प्रयोग भएको सुनको मापन करिब ९७ केजी र करिब ११ केजीको रिङ भएको भन्दै पशुपति विकास कोषले लेखा परीक्षण प्रतिवेदन सार्वजनिक गरेको थियो।

यसअघि कोषका सदस्य सचिव मिलन थापाले संसदीय समितिमा जलहरीको तौल मापन गर्न आग्रह गरेका थिए। पशुपतिमा सुनको जलहरीको विषय करिब दुई वर्षसम्म विवादित बनेको थियो।

असार ११, २०८० सोमबार १२:३५:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।