भारतको ओडिसा र महाराष्ट्रमा बस दुर्घटना, २० जनाको मृत्यु

भारतको ओडिसा र महाराष्ट्रमा बस दुर्घटना, २० जनाको मृत्यु

आइतबार भारतको उडिशा र महाराष्ट्रमा विभिन्न सडक दुर्घटनामा २० जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन्। घाइतेहरूलाई अस्पतालमा भर्ना गरिएको छ। 

उडिशाको गञ्जम जिल्लामा आइतबार दुई वटा बस आपसमा ठोक्किएका हुन्। दुर्घटनामा १२ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन्।

अर्कोतर्फ, दोस्रो घटना महाराष्ट्रको रत्नागिरी जिल्लाको हो। दापोलीको प्रदेश राजमार्गमा यात्रुवाहक गाडीलाई ट्रकले ठक्कर दिँदा १० जनाको मृत्यु भएको छ। 

बेरहामपुर एसपी सरावन विवेकले भने, 'ओडिशा स्टेट रोड ट्रान्सपोर्ट कर्पोरेशन (ओएसआरटीसी) को बस र दिग्पाहान्डीमा निजी बस बीचको ठोक्किएका हुन्।'

ओएसआरटीसीको बस रायगडाबाट भुवनेश्वर जाँदै थियो भने निजी बस बेरहमपुरको खाँडादेउली गाउँबाट फर्किँदै थियो। त्यसमा सवार यात्रु विवाह समारोहबाट घर फर्किरहेका थिए।

असार ११, २०८० सोमबार ११:०४:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।