आजको मौसमः धेरै ठाउँमा हल्का वर्षा, मधेश प्रदेशमा हावाहुरी

आजको मौसमः धेरै ठाउँमा हल्का वर्षा, मधेश प्रदेशमा हावाहुरी

हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। 

आज देशभर आंशिकदेखि सामान्य बदली  रहेको छ। कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ मौसम पूर्वामानुमान महाशाखाले जनाएको छ। 

आज बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

मधेश प्रदेशका धेरै भूभागहरूमा हावाहुरीको समेत सम्भावना रहेको जनाइएको छ। 

गण्डकी, लुम्बिनी,  कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकोले  सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रहरू प्रभावित हुन सक्ने देखिएको महाशाखाले भनेको छ।

भारी वर्षा र मेघ गर्जन र चट्याङ्गका कारणले हुन सक्ने बाढी, पहिरो, डुबान, भू-क्षय तथा गेग्रान बहावका कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन मौसम विज्ञान विभागले अनुरोध गरेको छ। 

असार ११, २०८० सोमबार ०७:०५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।