रास्वपा सांसद सोविता ‘योङ वर्ल्ड पोलिटिसियन अफ द इयर’ अवार्डको सर्टलिस्टमा

रास्वपा सांसद सोविता ‘योङ वर्ल्ड पोलिटिसियन अफ द इयर’ अवार्डको सर्टलिस्टमा

काठमाडौँ : सांसद तथा राष्ट्रिय स्वतन्त्र पार्टीकी संस्थापक सोविता गौतम ‘योङ वर्ल्ड पोलिटिसियन अफ द इयर’ अवार्डको सर्टलिस्टमा परेकी छिन्।

वन योङ वर्ल्डको सूचीमा सोवितासँगै चिलीकी महिला तथा लैंगिक समतामन्त्री एन्टोनिया कस्मिका लगायत विभिन्न देशका १५ सांसद, मेयर लगायतका छन्। द वन योङ वर्ल्ड बेलायती संस्था हो। सर्टलिस्टमा परेकामध्ये ५ जना पुरस्कृत हुनेछन्।

संस्थाले सोवितालाई नेपाली इतिहासमा सबैभन्दा कान्छी सांसद र रास्वपाको संस्थापक सदस्यको रहेको उल्लेख गरेको छ।

असार १०, २०८० आइतबार २१:५५:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।