आज राति ४ घण्टा नेपाल टेलिकमको सेवा अवरुद्ध हुने

आज राति ४ घण्टा नेपाल टेलिकमको सेवा अवरुद्ध हुने

काठमाडौं : नेपाल टेलिकमका केही सेवा आइतबार (आज) राति ४ घण्टा अवरुद्ध हुने भएको छ।

टेलिकमले एक सूचना निकालेर नियमित मर्मत सम्भारका क्रममा राति पौने १२ बजेदेखि ४ घण्टासम्म प्याकेज सब्सक्रिप्सन, क्वारी र रिचार्ज सेवा अवरुद्ध हुनसक्ने जनाएको हो।

अन्य सेवाहरू भने चालु अवस्थामै रहने टेलिकमले जनाएको छ। आइतबार दिउँसो मात्रै हेटौंडामा नेपाल टेलिकमको सेवा अवरुद्ध भएको थियो।

असार १०, २०८० आइतबार २१:४६:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।