तीस लाख ऋण लिएर एक करोड तिर्दा पनि चुक्ता भएन, प्रहरीले समात्यो महर्जनलाई

तीस लाख ऋण लिएर एक करोड तिर्दा पनि चुक्ता भएन, प्रहरीले समात्यो महर्जनलाई

ललितपुर :  तीस लाख ऋण दिएर त्यस बापत एक करोड बढी रकम असुल्दा पनि ऋण चुक्ता नभएको भन्दै पैसा मागेको आरोपमा ललितपुरका ज्ञानेन्द्र महर्जन पक्राउ परेका छन्।

जिल्ला प्रहरी परिसर, ललितपुरले उनलाई मिटरब्याजमा ऋण दिएर लाखौँ असुली गरेको आरोपमा आइतबार पक्राउ गरेको हो।

महर्जनसँग ३० लाख ऋण लिएको व्यक्तिले त्यसको सावाँ र ब्याज बापत भनेर एक करोड बढी रकम तिरिसक्दा पनि अझैँ बाँकी छ भनेर धम्क्याउँदै पैसा मागेको प्रमाणको आधारमा उनलाई पक्राउ गरेको ललितपुर प्रहरीले जानकारी दिएको छ।

प्रहरीले उनलाई आपराधिक लाभ तथा अनुचित लेनदेनको कसुरमा पक्राउ गरेको हो। मिटरब्याज पीडितहरू आन्दोलित भएपछि बनेको यो नयाँ कानुन हो।

प्रहरीका अनुसार पीडितले एक करोड २४ लाख रकम बुझाउँदा पनि उनले अझैँ एक करोड बाँकी रहेको भन्दै धम्क्याउँदै आएका थिए।

असार १०, २०८० आइतबार २१:४०:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।