४ लाख भन्सार छलीको सामानसहित मोटरसाइकल नियन्त्रणमा, चालक फरार

४ लाख भन्सार छलीको सामानसहित मोटरसाइकल नियन्त्रणमा, चालक फरार

कञ्चनपुर : जिल्लाको भिमदत्त नगरपालिका ११ भुजेलाघाटस्थित सीमा ईलाकाबाट ४ लाख भन्सार छलीको सामानसहित प्रहरीले मोटरसाइकल नियन्त्रणमा लिएको छ।

आइतबार सशस्त्र प्रहरीले ४ लाख १७ हजार ८ सय २० रुपैयाँ बराबरको भन्सार छलीको सामान र एउटा मोटरसाइकल नियन्त्रमा लिएको हो।

प्रतावित सीमा सुरक्षा गुल्म गड्डाचौकी (बिओपी गड्डाचौकी) कञ्चनपुरले उल्लेखित मूल्य बराबरको हार्डवयर र किराना सामानसहित म २ प ६४७४ नम्बरको मोटरसाइकल नियन्त्रणमा लिएको हो।

बरामद सामान र नियन्त्रण लिइएको मोटरसाइकल कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीमा बुझाइएको छ। मोटरसाइकल चालक भने फरार रहेको प्रहरीले जनाएको छ।

असार १०, २०८० आइतबार २१:३२:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।