दुई किलो सुनसहित कार र चालक नियन्त्रणमा

दुई किलो सुनसहित कार र चालक नियन्त्रणमा

रुपन्देही : जिल्लाको लुम्बिनी साँस्कृतिक नगरपालिका १३ कालिदहबाट करीब दुई किलो सुनसहित कार र चालकलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ।

नेपालबाट भारततर्फ जाँदै गरेको बा १२ च ३८२० नम्बरको मारुती सुजुकी कार र कारका चालक दाङ जिल्लाको घोराही नगरपालिका १० बस्ने ३१ बर्षिय हुमानन्द गिरीलाई बिओपी बयरघाटले शनिबार राति नियन्त्रणमा लिएको हो।

विशेष सूचनाको आधारमा खटिएको सशस्त्र प्रहरीले कारलाई जाँच गर्दा कारको गियर बक्समा फल्स बटम बनाएर लैजाँदै गरेको दुई वटा ईट्टा आकारको सुन फेला परेको हो।

रुपन्देहीस्थित सिद्धार्थनगर सुनचाँदी व्यवसायी संघले सुन भएको प्रमाणित गरेको र उक्त सुनको तौल १ किलो ९ सय ६५ ग्राम ३ मिलिग्राम र बजार मूल्य १ करोड ८५ लाख ६५ हजार ३ सय ५५ रुपैयाँ ४५ पैसा रहेको छ।

नियन्त्रणमा लिइएका गिरीलाई कार र बरामद सुनसहित आवश्यक कारवाहीको लागि भैरहवा भन्सार कार्यालय बेलहियामा बुझाइएको छ।

असार १०, २०८० आइतबार २१:२७:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।