वानएक्स बेट प्रकरण : राजकुमार थापा भनिने युट्युबर राजकुमार तामाङ पक्राउ

वानएक्स बेट प्रकरण : राजकुमार थापा भनिने युट्युबर राजकुमार तामाङ पक्राउ

काठमाडौं : सट्टेबाजी गराउने वेबसाइट वानएक्सबेटमार्फत सट्टाबाजी गराउन उत्प्रेरित गरेको अभियोगमा प्रहरीले युट्युबर राजकुमार तामाङलाई पक्राउ गरेको छ।

काभ्रेपलाञ्चोकका तेमाल घर भएर हाल काठमाडौंको बुढानिलकण्ठमा बस्दै आएका राजकुमार थापा भनिने राजकुमार तामाङलाई प्रहरीले शुक्रबार कपनबाट पक्राउ गरेको हो।

उनले वानएक्स बेटमार्फत विभिन्न खेलहरू खेलाउनको लागि आफ्नो युट्युब च्यानलमार्फत प्रोमोकाेड दिएर विज्ञापन गरी सर्वसाधारणलाई सट्टावाजी गर्न गराउनको लागि उत्प्रेरित गरेको प्रहरीको अभियोग छ।

तामाङलाई सट्टावाजी गर्न वा गराउन नहुने कसुरमा थप अनुसन्धानको लागि आइतबार जिल्ला प्रहरी परिसर, काठमाडौं पठाइएको छ।

उनी माेटरसाइकल र साइकल चलाएको भिडियाे बनाएर युट्युबमा राख्दै आएका छन्। उनलाई माेटोभ्लगरको रूपमा मानिसहरूले चिन्छन्।

यसै प्रकरणमा यसअघि कलाकार, युट्युबर र अन्य गरी १२ जना पक्राउ परिसकेका छन्।

असार १०, २०८० आइतबार १८:३४:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।