माधव नेपालप्रति ओलीको टिप्पणी- बाह्य शक्तिको रिमोटबाट पार्टी विभाजन गरे

माधव नेपालप्रति ओलीको टिप्पणी- बाह्य शक्तिको रिमोटबाट पार्टी विभाजन गरे

काठमाडौं : एमाले अध्यक्ष केपी शर्मा ओलीले बाह्य शक्तिको रिमोटबाट माधव नेपालले पार्टी विभाजन गरेको आरोप लगाएका छन्।

केशवप्रसाद बडालद्वारा लिखित सिंहावलोकन लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले पार्टी विभाजन गर्दा कति आन्तरिक र बाह्य कारण थियो, त्यो विश्लेषण गर्नुपर्ने बताए।

माधवलाई कटाक्ष गर्दै उनले भने, ‘आन्दोलनको क्रममा केही पात झर्दै जान्छन्। केही विरुवा बिग्रिन्छ। केही कोपिला र चिचिला पनि झर्छ। केही ठूला पनि झर्छन्। ठूला भइसकेपछि अब त पाक्ला पाक्ला भनेको बेलामा प्वाक्लाक्क झरिदिन्छ। आन्दोलनभित्र विभिन्न वैचारिक रोगहरू हुन्छन्। प्रवृत्तिगत रोगहरू हुन्छन् त्यसले लाग्छ। त्यही रोगले कहिलेकहिले केही मान्छेहरुलाई लान्छ। तर, आन्दोलन मर्दैन।’

कम्युनिष्ट भनेर जे बुझिन्थ्यो आजको अवस्थामा त्यो नभएको उनले बताए।

ओलीले थपे, ‘चिनियाँ कम्युनिष्ट पार्टीले कम्युनिष्ट नीति पनि छोड्यो भन्छन्। अनि फेरि त्यसलाई किन डेमोक्रेटिक भनेर किन नमान्या त? कम्युनिष्ट नीति छाडेपछि डेमोक्रेटिक हुन्छ, नहुने के भएको त्यो।’

असार १०, २०८० आइतबार १७:४९:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।