सुनको जलहरी जाँच्न पशुपतिमा अख्तियारको टोली

सुनको जलहरी जाँच्न पशुपतिमा अख्तियारको टोली

काठमाडौं : सुनको जलहरी प्रकरणको छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली पशुपति पुगेको छ।

पशुपतिनाथको मन्दिरमा राखिएको जलहरीमा भ्रष्टाचार भएको कुरा संसद्मा उठेपछि आयोग जलहरी जाँच गर्न पशुपति पुगेको हो।

अख्तियारको अनुसन्धानको लागि मन्दिर क्षेत्र खाली गराइएको छ भने सुरक्षा व्यवस्था कडा पारिएको छ।

सुनको जलहरीका लागि नेपाल राष्ट्र बैंकबाट १०३ किलो ७७३ ग्राम सुन किनिएको थियो। अन्य धातु मिलाएर जलहरीको तौल १०७ किलोभन्दा बढी भएको थियो।

जलहरी लगायतका सामानमा ९६ किलो ८२२ ग्राम सुन प्रयोग भएको र बाँकी १० किलो ९७६ ग्रामको सुन जलहरी रिङ बनाउन प्रयोग भएको बताइएको थियो।

तर महालेखा परीक्षकको कार्यालयले भने जलहरी बनाएर बाँकी रहेको सबै सुन रिङ बनाउन प्रयोग नभएको र ७ करोड ८६ लाखभन्दा बढी रुपैयाँ हिनामिना भएको शंका गरेको छ।

असार १०, २०८० आइतबार १७:१०:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।