जापानमा एक वर्षमा ८४ हजारभन्दा बढी मानिस बेपत्ता

जापानमा एक वर्षमा ८४ हजारभन्दा बढी मानिस बेपत्ता

एजेन्सी : जापानमा सन् २०२२ मा ८४ हजारभन्दा बढी मानिस बेपत्ता भएका छन्। जापानको राष्ट्रिय प्रहरी एजेन्सीले जनाए अनुसार यो सङ्ख्या अघिल्लो वर्षको तुलनामा ५ हजार ६९२ ले वृद्धि भएको हो।

जापानमा बेपत्ता हुने मानिसको सङ्ख्या क्रमशः बढ्दै गएको पाइएको छ। बेपत्ता हुनेहरूको उमेर समूहमा २० वर्ष आसपासका सबैभन्दा बढी छन्। यो समूह कुल बेपत्ताको लगभग ४० प्रतिशत छ। 

यस अवधिमा देशमा डिमेन्सिया (विस्मृतिग्रस्त) भएका वा यस्तै किसिमका विकार भएको आशङ्कामा १८ हजार ७०९ जना बेपत्ता भएको प्रतिवेदनमा उल्लेख छ। धेरै व्यक्तिहरू डिमेन्सियाका कारण उद्देश्यहीन भइ भौंतारिएपछि हराएको उल्लेख गरिएको छ।

असार १०, २०८० आइतबार १६:०१:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।