काठमाडौं महानगरपालिकाले टेलिभिजन खोल्ने, नाम- ‘महानगर टिभी’

काठमाडौं महानगरपालिकाले टेलिभिजन खोल्ने, नाम- ‘महानगर टिभी’

काठमाडौं : काठमाडौें महानगरपालिकाले आफ्नै टेलिभिजन च्यानल स्थापना गर्ने भएको छ।

आइतबार बसेको महानगरको बैठकमा वार्षिक बजेट, आर्थिक र विनियोजन विधेयक पेस गर्दै उपप्रमुख सुनिता डङ्गोलले यस्तो योजनाको घोषणा गरेकी हुन्।

उक्त टेलिभिजनको नाम ‘महानगर’ राखिने पनि उनले बताएकी छन्।

‘महानगर टेलिभिजन स्थापनाका लागि पाँच करोड रकम विनियोजन गरेको छु’, डङ्गोलले भनिन्।

त्यस्तै महानगरले सूचना प्रविधि सम्बन्धी सम्मेलन आयोजना गर्न आवश्यक रकमको प्रबन्ध मिलाएको उनले जानकारी दिइन्।

यसैगरी भवन निर्माण इजाजत, सिफारिस तथा प्रमाणित र राजस्व सङ्कलन कार्यलाई सूचना प्रविधिको प्रयोग गरी व्यवस्थित गर्न महानगरले आवश्यक रकम विनियोजन गरेको छ।

असार १०, २०८० आइतबार १५:४८:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।