राक्सिराङ गाउँपालिकामा बसाइँ सरी जानुस्, घर उपहार पाउनुस्

राक्सिराङ गाउँपालिकामा बसाइँ सरी जानुस्, घर उपहार पाउनुस्

मकवानपुर : मकवानपुरको राक्सिराङ गाउँपालिकाभित्र बसाइँ सरेर आउनेले आगामी वर्षदेखि घर उपहार पाउने भएका छन्।

दुर्गम भेगबाट बसाइँ सरेर सुगम भेगतर्फ जाने प्रवृत्तिलाई निरूत्साहित गर्ने उद्देश्यले अन्यत्रबाट बसाइँ सरी आउनेलाई घर उपहार दिने योजना गाउँपालिकाले बनाएको हो। 

‘अन्यत्रबाट गाउँपालिकाभित्र बसाइँ सरी आउन आकर्षित गर्न ‘सुन्दर समाज हाम्रो सार, बसाइँ सरी आउनेलाई घर उपहार’ कार्यक्रम सञ्चालन गरिने शनिबार भएको गाउँसभामा गाउँपालिका अध्यक्ष राजकुमार मल्लले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा उल्लेख छ।

घर कस्तो प्रकारको हुने र कति लागतको हुने भन्ने कुरा गाउँपालिकाले बनाउने कार्यविधिमा निर्भर हुनेछ।

असार १०, २०८० आइतबार १५:३९:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।