सहकारी पीडितको उजुरीले सीआईबीको कोठा नै भरिसक्यो : गृहमन्त्री श्रेष्ठ

सहकारी पीडितको उजुरीले सीआईबीको कोठा नै भरिसक्यो : गृहमन्त्री श्रेष्ठ

काठमाडौं : उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सहकारी पीडितको उजुरीले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को कार्यालयको कोठा भरिएको बताएका छन्।

प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफमा उनले भने, ‘सहकारी समस्या समाधानमा सरोकारवाला मन्त्रालयको समेत पहलमा आवश्यक निर्णय लिइने छ।’

श्रेष्ठले झापाको केचनाकबलमा साइरन जडान र सुनसरीमा सुरक्षा पोष्ट राख्न सरकारले कुनै पनि अनुमति नदिइएको बताए। उनले सीमा क्षेत्रलाई थप व्यवस्थित र चुस्त दुरुस्त बनाउन सरकारले कुनै कसर बाँकी नराख्ने बताए।

उनले सीमा सुरक्षाका लागि हालसम्म दुई सय ५० बीओपी स्थापना गरिएको र थप स्थानमा पनि स्थापना हुने जानकारी दिंदै अर्थतन्त्रमा देखा परेका केही समस्याका कारण आवश्यक सङ्ख्यामा बीओपी भवन बनाउन तत्काल जटिलता रहेको उल्लेख गरे।

गृहमन्त्री श्रेष्ठले नियोजित रुपमा धर्म प्रचार र परिवर्तनका सन्दर्भका केही कारबाही भएको जानकारी दिंदै धर्म परिवर्तनका सन्दर्भमा सरकार गम्भीर रहेको बताए।

असार १०, २०८० आइतबार १५:२३:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।