‘धुलोरहित काठमाडौं’ बनाउन महानगरद्वारा १ अर्ब विनियोजन

‘धुलोरहित काठमाडौं’ बनाउन महानगरद्वारा १ अर्ब विनियोजन

काठमाडौं : काठमाडौं महानगरपालिकाले धुलोरहित काठमाडौं बनाउन १ अर्ब रुपैयाँ विनियोजन गरेको छ।

आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै उपप्रमुख सुनीता डंगोलले काठमाडौंलाई धुलो रहित शहर बनाउन १ अर्ब बजेट विनियोजन गरेको बताएकी हुन्।

महानगरको १३औं नगरसभामा बजेट प्रस्तुत गर्दै उनले धुलो रहित काठमाडौं योजना कार्यान्वयन गर्नका लागि १ अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिइन्।

महानगरले आगामी आर्थिक वर्षका लागि कुल २५ अर्ब ५४ करोड ७८ लाख २० हजार रुपैयाँ बजेट ल्याएको छ।

असार १०, २०८० आइतबार १४:४७:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।