पहिरोका कारण पाँच ठाउँमा सडक अवरोध

पहिरोका कारण पाँच ठाउँमा सडक अवरोध
फाइल तस्बिर

काठमाडौं : अविरल वर्षाको कारण शनिबार राति पहिरो जाँदा पाँच ठाउँमा सडक अवरुद्ध भएको छ।

कास्की, रोल्पा, डडेल्धुरा, म्याग्दी र बैतडी गरी पाँच ठाउँमा सडक अवरोध भएको नेपाल प्रहरीले जनाएको छ।

कास्की अन्नपूर्ण गाउँपालिका–३ पाउदुर घुम्तीस्थित पोखरा–बाग्लुङ सडक खण्ड, रोल्पा त्रिवेणी गाउँपालिका–२ कण्ठमालीस्थित सडक, डडेल्धुरा गन्यापधुरा गाउँपालिका–३ सेल्तडास्थित केआई सिंह राजमार्ग, म्याग्दी अन्नपूर्ण गाउँपालिका–२ नैनिबगरस्थित बेनी–जोमसोम सडक खण्ड र बैतडी सिगास गाउँपालिका–९ जयपृथ्वी राजमार्ग अन्तर्गत बझाङ–खोड्पे सडक खण्ड पहिरोको कारण पूर्णरूपमा अवरोध भएको हो।

प्रहरीका अनुसार पहिरो गएका सबै स्थानमा तत्काल खटिएको प्रहरीले आवश्यक उद्दार कार्य गर्नुका साथै अवरोध सडक खुलाउन सम्बन्धित निकायसँग समन्वय गरिरहेको छ।

असार १०, २०८० आइतबार १४:२९:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।