काठमाडौं महानगरले ल्यायो २५ अर्बको बजेट, मुख्य स्रोत बैंक मौज्दात

काठमाडौं महानगरले ल्यायो २५ अर्बको बजेट, मुख्य स्रोत बैंक मौज्दात

काठमाडौं : काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि २५ अर्ब रुपैयाँभन्दा बढीको बजेट सार्वजनिक गरेको छ।

उपमेयर सुनीता डंगोलले आइतबार नगरसभाको बैठकमा आव २०८०/८१ का लागि २५ अर्ब ५४ करोड ७८ लाख २० हजार रुपैयाँको बजेट प्रस्तुत गरिन्।

जसअन्तर्गत पुँजीगततर्फ १६ अर्ब ९३ करोड २४ लाख ९२ हजार रुपैयाँ र चालुतर्फ ८ अर्ब ६१ करोड ५३ लाख २८ हजार  रुपैयाँ विनियोजन गरिएको छ।

काठमाडौं महानगरले बजेटको सबैभन्दा ठूलो स्रोत बैंक मौज्दात भएको जनाएको छ। बजेट प्रस्तुत कार्यक्रममा महानगरको बैंक मौज्दात ११ अर्ब ७५ करोड रुपैयाँ रहेको बताइएको छ।

उपमेयर डंगोलले​​​​​​​ महानगरपालिकाले महानगर गौरवका १० योजनाका लागि ३ अर्ब ८० करोड विनियोजन गरेको बताइन्। त्यसैगरी महानगर स्वर्णिम योजनाअन्तर्गत २५ वटा विषयगत क्षेत्रका योजनाहरूमा २ अर्ब रुपैयाँ विनियोजन गरिएको छ।

असार १०, २०८० आइतबार १४:१३:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।