अदालतको आदेश मान्दिनँ भनेका बालेनविरुद्ध अवहेलनाको उजुरी

अदालतको आदेश मान्दिनँ भनेका बालेनविरुद्ध अवहेलनाको उजुरी

काठमाडौं : अदालतको अवहेलना गरेको आरोपमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहविरुद्ध सर्वोच्च अदालतमा उजुरी दर्ता भएको।

बालेनले अदालतको अवहेलना गरेकोले कारबाहीको माग गर्दै अधिवक्ता वर्षाकुमारी झाले  निवेदन दिएकी हुन्।

केही दिनअघि बालेनले अदालतको आदेश नमान्ने अभिव्यक्ति दिएका थिए।

कुनै पनि भारतीय चलचित्रलाई काठमाडौंका हलमा चलाउन नदिने भन्ने उनको निर्णयलाई उच्च अदालतले कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो।

यसपछि उनले देशको सार्वभौमिकता र स्वाधीनताको सवालमा आफूले कुनै कानुन र अदालतलाई नमान्ने बताएका थिए। साथै उनले अदालत र सरकार भारतको गुलाम भएको पनि बताएका थिए।

असार १०, २०८० आइतबार १३:१०:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।