‘ड्रागन बोट रेस फेस्टिबल’ले नेपाल चीन सम्बन्ध अझै प्रगाढ भएको छ : राज्यमन्त्री सिर्पाली

‘ड्रागन बोट रेस फेस्टिबल’ले नेपाल चीन सम्बन्ध अझै प्रगाढ भएको छ : राज्यमन्त्री सिर्पाली

कास्की : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीले पोखरामा भएको नेपाल चीन फ्रेन्डशिप ड्रागन बोट रेस फेस्टिबलले नेपाल र चीनबीच सांस्कृतिक तथा पर्यटनको क्षेत्रमा सम्बन्ध अझै बिस्तार भएको बताएकी छन्।

पोखरामा दुई दिने नेपाल चीन फ्रेन्डशिप ड्रागन बोट रेस फेस्टिबलको समापन सभामा बोल्दै राज्यमन्त्री सिर्पालीले यस प्रकारको कार्यक्रमले नेपाल चीनबीचको मैत्री सम्बन्धमा थप विस्तार, सांस्कृतिक सम्बन्धको आदान प्रदान र एक अर्काको संस्कार र संस्कृति बुझ मदत मिलेको बताइन्।

शनिबार भएको समापन कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सिर्पाली, नेपालका लागि चीनका राजदुत चेन सोंग सहित १५० भन्दा बडि चिनिया प्रतिस्पर्धी खेलाडी र अन्य कुटनितिज्ञहरुको उपस्थिति रहेको थियो।

नेपाल सरकारको पर्यटन बोर्ड र चिनिया राजदुतावासको संयुक्त आयोजनामा यो प्रतिस्पर्धा पर्वको आयोजना गरिएको हो। यो कार्यक्रमको आयोजनाका लागि पोखरा अन्तराष्ट्रिय विमान स्थलमा असार ६ गते चीनबाट भिन्दै विमान अवतरण गरेको थियो।

असार १०, २०८० आइतबार १२:४१:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।