हेटौंडामा टिपरले स्कुटरलाई ठक्कर दियो, स्कुटरमा पछाडि बस्नेको मृत्यु

हेटौंडामा टिपरले स्कुटरलाई ठक्कर दियो, स्कुटरमा पछाडि बस्नेको मृत्यु

हेटौंडा : हेटौंडा उपमहानगरपालिका–२ चौकीटोलमा गए राति भएको सवारी दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ।

भैंसेबाट हेटौंडातर्फ आउँदै गरेको बागमती प्रदेश०३–००२प ६४४ नम्बरको स्कुटरलाई विपरीत दिशाबाट आएको बागमती प्रदेश ०३–००१ख ८५१ नम्बरको टिपरले ठक्कर दिंदा स्कुटरको पछाडि सवार व्यक्तिको ज्यान गएको हो।

मृत्यु हुनेमा हेटौंडा–१ जरुवाटोल बस्ने वर्ष २५ का अमित कपाडी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

टिपरको ठक्करबाट घाइते कपाडीको हेटौंडा अस्पतालमा उपचारका क्रममा निधन भएको प्रहरी निरीक्षक रामचन्द्र घिमिरेले जानकारी दिए।

उक्त स्कुटरका चालक सामान्य घाइते भई हेटौंडा अस्पतालमा उपचारपश्चात घर फर्किसकेको घिमिरेले बताए। उनका अनुसार, ठक्कर दिने टिपर र चालकलाई प्रहरीले अनुसन्धानका लागि हिरासतमा लिइएको छ।

असार १०, २०८० आइतबार ११:५८:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।