घरको ढोका लगाउँदा चट्याङ लागेर पोखरामा एक जनाको मृत्यु

घरको ढोका लगाउँदा चट्याङ लागेर पोखरामा एक जनाको मृत्यु

कास्की : पोखरामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। पोखरा महानगरपालिका-२३ हर्पनका ४९ वर्षीय देवबहादुर विकको घरमै चट्याङ लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

शनिबार राति साढे ११ बजेको समयमा ढुङ्गा माटोले बनेको एकतले कच्ची घरको ढोका लगाउने क्रममा चट्याङ लागेर विक बेहोस भएका थिए।

घटना लगत्तै अस्थायी प्रहरी पोष्ट बाम्दीबाट गएको प्रहरी टोलीले उनको उद्धार गरी मेट्रोसिटी अस्पताल पठाएको थियो। यसपछि अस्पतालले आज बिहान २ः२० बजे उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार मृत्तकको शव परीक्षणका लागि अहिले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ।

असार १०, २०८० आइतबार ११:४२:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।