सुनजस्तो २ किलो धातुसहित रूपन्देहीबाट एक जना पक्राउ

सुनजस्तो २ किलो धातुसहित रूपन्देहीबाट एक जना पक्राउ

बुटवलः सुनजस्तो पहेंलो धातुसहित एक जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ।  

सशस्त्र प्रहरी बल नेपाल बीओपी बयरघाट रुपन्देहीले असार ९ गते राति साढे ९ बजे लुम्बिनी सांस्कृतिक नगरपालिका -१३ कालिदहबाट कारसहित घोराही नगरपालिका- १० का हुमानन्द गिरीलाई  नियन्त्रणमा लिएको हो।

उक्त धातुको ग्राम २ किलो रहेको सशस्त्र प्रहरीले बताएको छ। 

नेपालबाट भारततर्फ जाँदै गरेको बा१२च ३८२० नम्बरको मारुती सुजुकी कारलाई विशेष सूचनाका आधारमा नियन्त्रणमा लिई चेकजाँच गर्दा गियर बक्समा फल्स बटम बनाएर लुकाइराखेको अवस्था फेला पारिएको हो। 

उक्त बस्तु सुन प्रमाणित भए १ करोड ८८ लाख २७ हजार रुपैयाँ र गाडीको १५ लाख रुपैयाँ गरी जम्मा २ करोड ३ लाख २७ हजार कायम गरी भैरहवा  भन्सार कार्यालयमा बुझाइएको छ।

असार १०, २०८० आइतबार ११:१०:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।