'अबको चुनावमा एमालेले १५० सिट ल्याएर बहुमतको सरकार बनाउँछ'

'अबको चुनावमा एमालेले १५० सिट ल्याएर बहुमतको सरकार बनाउँछ'

लालबन्दीः नेकपा एमाले सचिव योगेश भट्टराईले पार्टीले अबको चुनावमा १५० सिट ल्याउने दाबी गरेका छन्। 

शनिबार सर्लाहीको लालबन्दीमा मधेश प्रदेशस्तरीय प्रचार भेलालाई सम्बोधन गर्न आइपुगेका भट्टराईले २०८४ सालको निर्वाचनमा प्रतिनिधिसभामा एक सय ५० सिटको बहुमत ल्याएर सरकार बनाउने बताएका हुन्। उनले यो एमालेको  अभियान नै भएको प्रस्ट्याए। 

पार्टीको मधेश प्रदेश इन्चार्जसमेत रहेका भट्टराईले एमालेबाहेक गठबन्धनहरूले देशलाई बर्बाद गर्नेभन्दा अरू काम नगरेको पनि आरोप लगाए। 

मधेश प्रदेशका ८ जिल्लाका १ सयभन्दा बढी पार्टीनिकट सञ्चारकर्मी तथा पार्टीका प्रचार विभागका पदाधिकारीको भेला लालबन्दीमा सम्पन्न भएको एमाले मधेश प्रदेश प्रचार विभागका सचिव चूडामणि वाग्लेले जानकारी दिए।

 

असार १०, २०८० आइतबार ०९:५३:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।