७ सदस्यीय टोली लिएर उपप्रधानमन्त्री श्रेष्ठ चीन जाँदै

७ सदस्यीय टोली लिएर उपप्रधानमन्त्री श्रेष्ठ चीन जाँदै

काठमाडौँः उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ चीन भ्रमणमा जाने भएका छन्।

७ सदस्यीय टोलीसहित मंगलबार उनी चीनको छेन्दु शहरमा जाने उनको सचिवालयले जनाएको छ। 

छेन्दुमा हुने एक व्यापार मेलामा सहभागी हुन उपप्रधानमन्त्री श्रेष्ठ त्यसतर्फ जान लागेका हुन्। उनको टोलीमा गृह मन्त्रालयका केही सहसचिवहरू पनि रहने जनाइएको छ। 

भ्रमणका क्रममा केही भेटघाट र विश्वविद्यालय भ्रमणलगायत कार्यक्रम छ। ४ दिनको भ्रमण सकेर उनी स्वदेश फर्किनेछन्। 

असार १०, २०८० आइतबार ०९:१०:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।