मस्को हान्न हिँडेको वागनर समूहको सेना रोकियो

मस्को हान्न हिँडेको वागनर समूहको सेना रोकियो

एजेन्सी : रुसको राजधानी मस्कोतिर आइरहेको  वागनर समूहको सेना रोकिएको छ।

वागनर समूहका प्रमुख येवगेनी प्रिगोजिनको टेलिग्राममा राखिएको अडियो सन्देशमा उनले रक्तपात रोक्न सेना रोकेको।र विपरीत दिशामा लागेको उल्लेख छ।

निजी सैनिक समूहको विद्रोहको घोषणा गरेपछि पुतिनले देशवासीको नाममा सम्बोधन गर्दै रुसको ढाडमा छुरा रोप्ने काम गरेको भन्दै यसको सजाय दिने घोषणा गरेका थिए।

युक्रेनसँग जमिनमा युद्धका लागि प्रिगोजिनको निजी सेनाले राष्ट्रिय सेनालाई सघाएको थियो। यो समूहका अधिकांश सेना जेलमा रहेका कैदीहरू हुन्। उनीहरूले युक्रेन विरुद्ध महत्त्वपूर्ण भूमिका निभाएका थिए।

पूर्वी युक्रेनमा लडाइको मोर्चा सम्हालेका उनको समूह र रुसी सरकारी सेनाका प्रमुखबिच विवाद हुँदै आएको थियो।

उनी आफ्नो फौज लिएर दक्षिणी रुसमा प्रवेश गरिसकेका छन्। उनीहरूले दक्षिणी रुसको रोस्तोव आँन डाग सहर नियन्त्रणमा लिइसकेको जनाइएको छ।

राष्ट्रपति पुतिनले अवस्था जटिल रहेको तर देशको जसरी पनि सुरक्षा गर्ने दाबी गरेका थिए।

रुसको सरकारी सेनाले पर्याप्त मात्रामा हतियार र गोला बारुद नदिएको भन्दै प्रिगोजिन रिसाएका थिए।

उनको समूहमा सेना बढाउन सरकारले सहयोग गरेको थियो। अब उनी सरकारी नियन्त्रणमा छैनन्।

केही यसलाई सैन्य नेतृत्व विरुद्धको कदमको रूपमा हेरिएको छ। केहीले सरकार विरुद्धकै कदमको रूपमा हेरेका छन्।

सो समूहसँग ५० हजार सेना रहेको मानिन्छ। यसको ८०% सेना जेलका अपराधी हुन्। यसलाई निरङ्कुश र आपराधिक सैनिक समूहको रूपमा युक्रेनमा चिनिन्छ।

असार १०, २०८० आइतबार ००:११:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।