रास्वपा राजनीतिक कार्यदिशा मस्यौदा समितिमा स्वर्णिमदेखि सोवितासम्म

रास्वपा राजनीतिक कार्यदिशा मस्यौदा समितिमा स्वर्णिमदेखि सोवितासम्म
अर्काइभ तस्बिर

काठमाडौँ : पार्टी महामन्त्री डा मुकुल ढकालले बनाएको राजनीतिक कार्यदिशासहितको मस्यौदाको आलोचना भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले मस्यौदालाई अन्तिमरूप दिन १७ सदस्यीय कार्यदल गठन गरेको थियो। शनिवार कार्यदलको सदस्यको नाम टुङ्गो लगाएको छ।

सोमबार बसेको पार्टीको केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठकले भदौको पहिलो हप्ता बुझाउने गरी दस्ताबेज तयार पार्न १७ सदस्यीय कार्यदल बनाउने निर्णय गरेको थियो।

कार्यदलको सदस्यमा स्वर्णिम वाग्लेदेखि सोविता गौतमसम्म राखिएको छ। गौतमलाई पछिल्लो समय पार्टी सभापति रवि लामिछानेले कर्नरमा पार्दै सुमना श्रेष्ठ र डा तोसिमा कार्कीलाई अगाडि बढाउँदै लगेका थिए। कार्यदलमा भने उनले गौतमलाई समेत स्थान दिएका छन्।

कार्यदलमा पार्टीको विचार विभाग प्रमुख डा. मुकुल ढकाल संयोजक छन्। सदस्यमा रमेश प्रसाईँ, कमल सुवेदी, गणेश पराजुली, विपिनकुमार आचार्य, शिशिर खनाल, क्रान्तिशिखा  धिताल,  कवीन्द्र बुर्लाकोटी, डा. तोसिमा कार्की, शङ्कर श्रेष्ठ समेत छन्।

हरि ढकाल, गणेश कार्की, मनिष झा, सुमना श्रेष्ठ र सन्तोष परियारलाई समेत कार्यदलमा राखिएको छ।

असार ९, २०८० शनिबार २१:५४:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।