साफ च्याम्पियनसिपमा नेपालको लगातार दोस्रो हार, समूह चरणबाटै बाहिरियो

साफ च्याम्पियनसिपमा नेपालको लगातार दोस्रो हार, समूह चरणबाटै बाहिरियो

काठमाडौं : भारतमा जाारी साफ च्याम्पियनसिप प्रतियोगितामा नेपालले लगातार दोस्रो हार बेहोरेको छ।

घरेलु टोलीविरुद्ध मैदान उत्रिएको नेपालले पाएका अवसरलाई सदुपयोग गर्न नसक्दा २–० गोल अन्तरले पराजित हुन पुग्यो।

भारतका लागि खेलको ६१औं मिनेटमा सुनील क्षेत्रीले गोल गर्दा दोस्रो गोल महेश सिंह खेलको ६८औं मिनेटमा गरेका हुन्।

दोस्रो गोलका लागि सुनिल क्षेत्रीले नै पहिलो प्रयास गरेका थिए। तर उनी असफल हुँदा सिंहले गोल गरेका हुन्।

जारी प्रतियोगितामा नेपाल पहिलो खेलमा आमन्त्रित टोली कुवेतसँग पराजति भएको थियो।

यो हारसँगै नेपाल साफ च्याम्पियनसिपको समूह चरणबाटै बाहिरिएको छ।

असार ९, २०८० शनिबार २१:४०:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।