निर्वाचनमा अन्तर्घात गरेको भन्दै जसपाबाट पाँच सदस्य निष्कासित

निर्वाचनमा अन्तर्घात गरेको भन्दै जसपाबाट पाँच सदस्य निष्कासित

काठमाडौँ : निर्वाचनमा अन्तर्घात गरेको भन्दै जनता समाजवादी पार्टीले ५ जना केन्द्रीय सदस्यलाई कारबाही गरेको छ।

शनिवार काठमाडौँमा बसेको पार्टीको केन्द्रीय समितिको बैठकले उनीहरूलाई कारबाही गरेको हो।

केन्द्रीय सदस्य दीपेन्द्र नेम्बाङ, देउकुमार नेम्बाङ, महेन्द्र चौधरी, मनोरञ्जन गोइत र धर्मेन्द्र मरवैतालाई पार्टी सदस्यबाट निष्कासित भएका छन्।

पार्टीले निर्वाचनबारे छानबिन समिति बनाएको थियो। समितिको प्रतिवेदनमा उनीहरूले अन्तर्घात गरेको भन्दै कारबाही  सिफारिस गरेको थियो।

कारबाहीको निर्णय चित्त नबुझे उनीहरूले १५ दिनभित्र पार्टीको अनुशासन आयोगमा निवेदन दिन सक्ने छन् विधानमा उल्लेख छ।

यसैगरी जसपाको केन्द्रीय समिति बैठकले पार्टीको विधान मस्यौदालाई अनुमोदन गरेको छ। अनुमोदित विधानको मस्यौदा आइतबार काठमाडौँमा सुरु हुने विधान अधिवेशनमा प्रस्तुत हुने छ।

असार ९, २०८० शनिबार १८:३२:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।