साफ च्याम्पियनसिपमा पाकिस्तानको लगातार दाेस्रो हार

साफ च्याम्पियनसिपमा पाकिस्तानको लगातार दाेस्रो हार

काठमाडौं : साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा पाकिस्तानले लगातार दोस्रो हार ब्यहोरेको छ।

शनिबार भएको समूह ‘ए’ को खेलमा पाकिस्तानलाई आमन्त्रित टिम कुवेतले ४-० गोलको फराकिलो अन्तरले पराजित गरेको हो।

कुवेतको जितमा मुबारक अल फनेनीले दुई गोल गरे। उनले खेलको १७ मिनेट र पहिलो हाफको इन्जुरी टाइममा गोल गरेका हुन्।

यस्तै हसन अल इनेजीले दशौं मिनेटमा पहिलो गोल गर्दा अल राशेदीले ६९ मिनेटमा टिमका लागि चौथो गोल गरेका थिए।

यसअघि पाकिस्तान पहिलो खेलमा भारतसँग ४-० गोलले ने पराजित भएको थियो। हारसँगै पाकिस्तान समूह चरणबाटै बाहिरिने खतरा बढेको छ।

यो समूहको अर्को खेलमा नेपालले आयोजक भारतसँग खेल्दैछ। नेपालका लागि सेमिफाइनल पुग्न आज भारतलाई हराउनैपर्ने दबाव छ।

नेपाल र भारतबीचको खेल साँझ ७:४५ बजे सुरू हुनेछ।

असार ९, २०८० शनिबार १८:०७:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।