नेदरल्यान्ड्सविरुद्ध सन्दीपले लिए पहिलो विकेट
काठमाडौं : आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको नेदरल्यान्ड्सविरुद्ध शनिबार भएको खेलमा नेपालले पहिलो विकेट लिएको छ।
नेपालका स्पिनर सन्दीप लामिछानेले पहिलो विकेट लिएका हुन्। सन्दीपले नेदरल्यान्ड्सका ओपनर ब्याट्सम्यान बिक्रमजित सिंहलाई ३० रनमा एलबीडब्लू आउट गराए।
एक सय ६८ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले १४ ओभरमा एक विकेट गुमाएर ९१ रन बनाएको छ।
असार ९, २०८० शनिबार १७:२९:४७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।