नेपाल १६७ रनमै अलआउट
काठमाडौं : आईसीसी विश्वकप क्रिकेट छनोट अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले नेदरल्यान्डलाई १६८ रनको लक्ष्य दिएको छ।
जिम्बावेको बुलाभायोमा टस हारेर पहिला ब्याटिङमा तानिएको नेपालले ४४.३ ओभरमा सबै विकेट गुमाएर १६७ रन बनाएसँगै नेदरल्यान्डले १६८ लक्ष्य पाएको हो।
नेपालका लागि कप्तान रोहित पौडल ३३, कुशल भुर्तेल २७, भीम सार्की २२, गुल्सन झा १५, दीपेन्द्रसिंह ऐरी १४, कुशल मल्ल १२, आरिफ शेख ६, करण केसी १ र आशिफ शेख शून्य रनमा आउट भए।
सन्दीप लामिछानेले २७ रन बनाएर आउट हुँदा ललित राजवंशीले अविजित रहँदै १ बल खेले।
बलिङतर्फ नेदरल्याण्डका भान वीकले चार तथा विक्रमजित सिंह र बस दी लीडेले समान दुई–दुई विकेट लिँदा क्लेटन फ्लोइड र आर्यन दत्तले एक–एक विकेट लिए।
सुपर सिक्समा पुग्नका लागि नेपालले आजको खेल जित्नैपर्ने हुन्छ।
असार ९, २०८० शनिबार १६:०७:५८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।