दीपेन्द्रसिंह ऐरी पनि आउट, संकटमा नेपाली टिम
काठमाडौं : आईसीसी विश्वकप क्रिकेट छनोट अन्तर्गतको आफ्नो अन्तिम खेलमा नेपालको सातौं विकेट गुमेको छ।
सातौं विकेटको रुपमा दीपेन्द्रसिंह ऐरी नेदरल्याण्डका फास्ट बलर लोगन भान वीकको सर्ट बलको सिकार भए। वीकको सर्ट बल उनको गल्भ्समा लाग्न पुग्यो, जसलाई विकेटकिपरले समाते।
उनी आउट भएसँगै नेपाली टिम संकटमा परेको छ। अहिले क्रिजमा गुल्सन झा र सन्दीप लामिछाने छन्।
जिम्बावेको बुलाभायामा टस हारेर पहिला ब्याटिङमा तानिएको नेपालले खराब सुरुवात गर्यो। त्यसअघि कप्तान रोहित पौडेल ३३ रन बनाएर आउट भएक थिए।
कुशल मल्ल १२, कुशल भुर्तेल २७, भीम सार्की २२ र आरिफ शेख ६ रनमा आउट हुँदा आशिफ शेख ० रनमै आउट भए।
नेदरल्याण्डका भान वीकले तीन तथा विक्रमजित सिंहले दुई विकेट लिँदा क्लेटन फ्लोइड र आर्यन दत्तले समान एक–एक विकेट लिए।
सुपर सिक्समा पुग्नका लागि नेपालले आजको खेल जित्नैपर्ने हुन्छ।
असार ९, २०८० शनिबार १५:२२:३६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।