नेपालको आधा टोली आउट, कुशल मल्लले बनाए १९ बलमा १२ रन
काठमाडौं : आईसीसी विश्वकप क्रिकेट छनोट अन्तर्गतको आफ्नो अन्तिम खेलमा नेपालको आधा टोली पेभेलियन फर्किएको छ।
जिम्बावेको बुलाभायामा टस हारेर पहिला ब्याटिङमा तानिएको नेपालले खराब सुरुवात गर्दै पाँच विकेट गुमाएको हो।
२६औं ओभरको दोस्रो बलमा ठूलो सट खेल्ने क्रममा कुशल मल्ल आउट भए। त्सअघि आशिफ शेखलाई शून्य रनमै गुमाएको नेपालले कुशल भुर्तेललाई २७, भीम सार्कीलाई २२ र आरिफ शेखलाई ६ रनमा गुमायो।
नेदरल्याण्डका विक्रमजित सिंहले दुई तथा क्लेटन फ्लोइड तथा लोगन भान बीक र आर्यन दत्तले समान एक–एक विकेट लिए।
२६औं ओभरको समाप्तीमा नेपालले पाँच विकेट गुमाएर ९२ रन बनाएर खेलिरहेको छ।
असार ९, २०८० शनिबार १४:४६:०२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।