नेपालको खराब ब्याटिङ, ६६ रनमा ४ विकेट गयो

नेपालको खराब ब्याटिङ, ६६ रनमा ४ विकेट गयो

काठमाडौं : विश्वकप छनोटको समूह चरणको आफ्नो अन्तिम खेलमा नेदरल्यान्ड्स विरुद्ध नेपालले निकै खराब ब्याटिङ गरेको छ।

सुपर सिक्समा पुग्न जित्नै पर्ने यस खेलमा नेपालले १९ औं ओभरमा मात्र ६६ रनमा ४ विकेट गुमाइसकेको छ।

सुरुवात देखि नै सम्हालिन नसकेको नेपालका ओपनर आसिफ शेख डक आउट भएका थिए। २ बल खेलेका आसिफ भ्यान बीकको बलमा बोल्ड भए भने मात्र ७ रनमा नेपालले तेस्रो ओभरमै पहिलो विकेट गुमाएको थियो।

यसपछि अर्का ओपनर कुशल भुर्तेल २७ रनमा आउट भए भने भीम सार्की २२ रनमा पेभिलियन फर्किए। आरिफ शेख पनि मात्र ६ रनमा आउट भए।

४५ रनसम्म मात्र १ विकेट गुमाएको नेपालले २१ रन जोड्दा थप ३ विकेट खेर फालेको हो।

जिम्बावेमा जारी प्रतियोगितामा आज नेदरल्यान्ड्सलाई हराए नेपाल सुपर सिक्स चरणमा पुग्ने लगभग पक्का हुनेछ। तर नेदरल्यान्ड्ससँगको यो खेल हारेमा भने नेपालको विश्वकप छनोट यात्रा सकिनेछ।

असार ९, २०८० शनिबार १४:२८:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।