रोहितको रेकर्ड : नेपालका लागि ५० एकदिवसीय खेल खेल्ने पहिलो खेलाडी

रोहितको रेकर्ड : नेपालका लागि ५० एकदिवसीय खेल खेल्ने पहिलो खेलाडी

काठमाडौं : कप्तान रोहित पौडेल नेपालका लागि ५० एकदिवसीय (ओडीआई) खेल खेल्ने पहिलो खेलाडी बनेका छन्।

जिम्बावेमा जारी आइसीसी विश्वकप छनोट दौरान नेदरल्यान्ड्स विरुद्धको खेल रोहितको आफ्नो ५० औं एकदिवसीय खेल हो।

यो खेलसँगै उनले सर्वाधिक ५० एकदिवसीय खेल खेल्ने नेपाली क्रिकेटरको रेकर्ड बनाए। एकदिवसीय खेलमा एक हजार रन पूरा गर्ने पहिलो नेपाली खेलाडीको रेकर्ड पनि उनकै नाममा छ।

उनीपछि नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ४८ एकदिवसीय खेल खेलेका छन्। त्यसैगरी सन्दीप लामिछाने र सोमपाल कामीको एकदिवसीय खेल संख्या ४७ छ।

असार ९, २०८० शनिबार १३:४६:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।