अरूको सरकार बन्ला भन्ने डरले हामीले चुनावअघि नै गठबन्धन गर्‍यौं : गगन थापा

अरूको सरकार बन्ला भन्ने डरले हामीले चुनावअघि नै गठबन्धन गर्‍यौं : गगन थापा

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अरूको सरकार बन्ला भन्ने डरले आफूहरुले चुनावअघि नै गठबन्धन गरेको बताएका छन्।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यो गठबन्धनबाट चित्त नबुझे गठबन्धन फेरिने पनि बताए।

‘हामीले प्रायश्चित गर्नैपर्छ, हाम्रो सरकार नबन्ला, अरूको सरकार बन्ला भन्ने डरले चुनावअघि नै गठबन्धन गर्यौं। चुनाव पछाडि सरकार बन्ने, बदल्ने सामान्य कुरा हो,’ उनले भने।

‘हामी अहिले एक गठबन्धनमा छौं, गठबन्धन ठीक ढंगले गएन, चित्त बुझेन भने गठबन्धन बदलिन्छ। नयाँ सरकार बन्छ। यो कुनै अनौठो कुरा भएन। बन्ने, भत्किने भइराख्छ,’ उनले थपे।

उनले नेकपा एमाले पनि समाजवादी मोर्चामा गए पनि कांग्रेस एक्लै लड्ने बताए।

उनले भने, ‘के हुन्थ्यो कम्युनिष्ट पार्टी मिलेर? १० वर्ष सरकार चल्थ्यो, चलोस्। समाजवादीमा एमाले पनि थपियोस्। एक्लै लड्छ कांग्रेस, नजिते चकटीमा बस्छ, के बिग्रिन्छ?’

असार ९, २०८० शनिबार १२:५२:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।