भिरबाट ढुङ्गा खसेपछि पोखरा-पर्वत सडक खण्ड अवरुद्ध

भिरबाट ढुङ्गा खसेपछि पोखरा-पर्वत सडक खण्ड अवरुद्ध

पर्वत : पर्वतको मोदी गाउँपालिका–६ स्थित महभिरमा सडक माथिबाट ढुङ्गा खस्दा मध्यपहाडी राजमार्गको पोखरा–पर्वत खण्ड अवरुद्ध भएको छ।

गए रातिदेखि परेको भारी वर्षाका कारण बिहानपख भिरबाट सडकमा ढुङ्गा खसेर पुरिएको हो। अवरुद्ध सडक खुलाउनका लागि स्काभेटर र सुरक्षाकर्मीलाई परिचालन गरिएको पर्वतका ट्राफिक प्रहरी प्रमुख सुमन न्यूरेले बताए।
    
सडक अवरुद्ध हुँदा पोखरातर्फबाट धौलागिरिका पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङतर्फ आएका सवारीसाधन नयाँपुलमा रोकिएका छन् भने यस क्षेत्रबाट अन्यत्र जाने सवारीसाधन डिमुवामा रोकिएका छन्। 

ठूलो वर्षाका कारण केही ग्रामीण सडकमा समेत आवतजावत बन्द भएको छ।

असार ९, २०८० शनिबार ११:४७:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।