भट्टेडाँडाको पहिरोले कान्ति लोकपथ अवरुद्ध

भट्टेडाँडाको पहिरोले कान्ति लोकपथ अवरुद्ध

काठमाडौं : ललितपुरको भट्टेडाँडा सडक खण्डमा शनिबार बिहान पहिरो जाँदा कान्ति लोकपथ अवरुद्ध भएको छ।

कान्ति लोकपथ अन्तर्गतको भट्टेडाँडा स्थित प्रहरीचौकीको करिब पाँच सय मिटर दक्षिणतर्फ पहिरो गएपछि यातायात सेवा अवरुद्ध भएको हो। 

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बिहानैदेखि पानी परिरहेकाले पहिरो पन्छाउन समस्या भएको छ।

त्यस्तै, मकवानपुर जिल्लास्थित त्रिभुवन राजपथ, पूर्व–पश्चिम राजमार्ग र भीमफेदी कुलेखानी सडकखण्ड अन्तर्गत कुलेखानी चित्लाङतर्फको यातायात सेवा भने सञ्चालनमा रहेको मकवानपुरका निमित्त प्रमुख जिल्ला अधिकारी नेतप्रसाद शर्माले जानकारी दिए।

असार ९, २०८० शनिबार ११:२१:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।