बलियो प्रतिद्वन्द्वी भारतसँग भिड्दै नेपाल

बलियो प्रतिद्वन्द्वी भारतसँग भिड्दै नेपाल
फाइल तस्वीर

साफ च्याम्पियनअन्तर्गत आज नेपालले दोस्रो खेलमा भारतसँग प्रतिस्पर्धा गर्दै छ। 

राति पौने ८ बजे श्री कान्तिरवा स्टेडियममा खेल हुँदै छ। साफको सर्वाधिक उपाधि विजेता भारतले जारी प्रतियोगिताको पहिलो खेलमा पाकिस्तानलाई शानदार गोलअन्तरले हराएको थियो। जसमा भारतीय कप्तान सुनिल क्षत्रीको ह्याट्रिक समावेश थियो। 

नेपाल भने आमन्त्रित राष्ट्र कुवेतसँग ३-१ गोलअन्तरले पराजित भएको थियो। आजको खेलमा जित निकाल्ने सके नेपालले समूह चरण पार गर्ने सम्भावना बलियो बनाउनेछ। आजै पाकिस्तानले पनि कुवेतविरुद्ध खेल्दै छ। 

पछिल्ला पाँच खेलमा भारतले नेपालविरुद्ध एक खेल पनि गुमाएको छैन। हालसम्म नेपाल र भारतबीच सबैखाले गरी २३ पटक खेल भएको छ। जसमा १६ पटक भारतले जित हासिल गरेको छ भने पाँच पटक बराबरी र २ पटक नेपाल विजयी भएको छ। 

असार ९, २०८० शनिबार ०८:००:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।