आजको मौसमः गण्डकी, लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षा हुने

आजको मौसमः गण्डकी, लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षा हुने

काठमाडौँः देशभर सामान्यदेखि पूर्णतया बदली  रही धेरै स्थानमा मेघगर्जनसहित वर्षा भइरहेको छ।

आज बागमती, मधेश,गण्डकी तथा सुदूरपश्चिम  प्रदेशका थोरै स्थानहरूमा साथै कोशी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

भारी वर्षा र मेघ गर्जन र चट्याङ, बाढी, पहिरो, डुबान, भू-क्षय तथा गेग्रान बहावका कारण जोखिम उत्पन्न हुन सक्ने भएकाले क्षतिबाट बच्न र आवश्यक सतर्कता अपनाउन सरकारले अनुरोध गरेको छ। 

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार  गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।  

असार ९, २०८० शनिबार ०७:३१:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।