विश्वकप छनोटमा युएईको लगातार तेस्रो हार

विश्वकप छनोटमा युएईको लगातार तेस्रो हार

काठमाडौं : आईसीसी विश्वकप छनोट क्रिकेटमा युएईले लगातार तेस्रो खेल हारेको छ। चार खेलमध्ये तीन खेलमा पराजित भएसँगै उसको सुपर सिक्स पुग्ने सम्भावना सकिएको छ।

बुलाभायो एथलेटिक क्लबमा स्टकल्याण्डले दिएको २८३ रनको लक्ष्य पछ्याउने क्रममा युएई १७१ रनमा अलआउट भएको हो।

युएईका मोहम्मद वसीमले ३६, बसील अहमदले ३०, कार्तिक मैयप्पनले २३ रन बनाउँदै अविजित रहे। यस्तै, आयान अफ्जल खानले २१, अली नसीरले १९, आशिफ खानले १७ र रोहन मुस्तफाले १२ रन बनाए।

स्कटल्याण्डका सफ्यान सरीफले चार, क्रिस सोलले तीन तथा ब्रेन्डन म्याकमलेन, मार्क वाट र क्रिस ग्रिएफ्सले समान एक–एक विकेट लिए।

त्यसअघि टस हारेर पहिला ब्याटिङमा तानिएको स्टक ल्याण्डका रिची बेरिङटनले १२७ रन बनाए। मार्क वाटले अविजित ४४ रन बनाउँदा माइकल लिसकले ४१, क्रिस ग्रिएभ्सले २२ रन बनाए।

युएईका जुनैद सिद्दीकीले तीन, अली नासीरले दुई तथा जहुर खान र कार्तिक मैयप्पनले एक–एक विकेट लिए।

स्कटल्याण्डले भने खेलेका दुई खेलमा दुवैमा जित निकालेर ४ अंक बटुल्दै समूह ‘बी’को अंकतालिकाको दोस्रो स्थानमा छ।

असार ८, २०८० शुक्रबार २१:१२:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।