खेलपछि वेस्ट इन्डिजका खेलाडीहरूसँग के कुराकानी भयो?

खेलपछि वेस्ट इन्डिजका खेलाडीहरूसँग के कुराकानी भयो?

काठमाडौं : बिहीबार आईसीसी विश्वकप छनोट क्रिकेट अन्तरगत नेपालले वेस्ट इन्डिजसँग खेल्यो।

पहिलो पटक विश्व विजेताको सामना गर्दा नेपाल १०१ रनले पराजित भयो। ३४० रनको लक्ष्य पछ्याउने क्रममा नेपालले ४९.४ ओभरमा अलआउट हुँदै २३८ रन मात्र बनाउन सक्यो।

खेलपछि नेपालका खेलाडीहरूले वेस्ट इन्डिजका कप्तान तथा अन्य खेलाडीहरूसँग कुराकानी गरे। सो क्रममा वेस्ट इन्डिजका खेलाडीहरूले आफ्नो अनुभव साटे। त्यो बेलामा के कुराकानी भयो त?

आरिफ शेखले वेस्ट इन्जिका खेलाडीहरुसँग भएको कुराकानीबारे खुलाएका छन्। के भने त उनीहरूले?

उनले भनेका छन्, ‘हामीले वेस्ट इन्डिजका अनुभवी खेलाडीहरुसँग कुरा गर्यौँ। पाएको स्टार्टलाई कसरी रिजल्टमा कन्भर्ट गर्ने, कसरी इनिङ्ग्सलाई बिल्ड गर्ने र ठूलो गेमहरू खेल्दा कसरी माइन्ड सेटअप गर्ने भन्नेबारेमा सिक्न पायौँ।’

यस्तै स्पिन बलर ललित राजवंशीले पनि वेस्ट इन्डिजसँगको खेलका अनुभव साटेका छन्। सधैँ टिभीमा देखेको खेलाडीसँग खेल्न पाउँदा एकदमै खुसी लागेको बताए।

राजवंशीले नेपाली फ्यानलाई निराश नहुन आग्रह गर्दै नेपाली क्रिकेट टिमलाई सधैँ समर्थन गर्न र साथ दिन आग्रह गरे।

असार ८, २०८० शुक्रबार १९:२४:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।